दफा १४
सवारी दर्ता गराउनु पर्ने
(१) कुनै पनि सवारी खरीद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीले वा सवारी बिक्री वितरण गर्ने एजेण्टले सवारी खरीद गरेको वा पैठारी गरी नेपाल  भित्र भन्सार तिरी ल्याएको मितिले पन्ध्रदिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्छ ।
(२) उपदफा (१) बमोजिम दर्ता नगरी कुनै पनि सवारी चलाउन वा चलाउन दिन हुँदैन ।